नियम ७७
पारिवारिक उपदान वा निवृत्तिभरण
(१) कुनै प्रहरी कर्मचारीको सेवामा छँदै वा निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवार वा निजको नाबालक भाइ वा अविवाहिता दिदी बहिनीलाई नियम ७४ वा ७५ मा लेखिए बमोजिम उपदान वा निवृत्तिभरण प्राप्त हुनेछ ।
तर निवृत्तिभरणको हकमा यस्तो निवृत्तिभरण सात वर्षभन्दा बढी समय प्राप्त हुने छैन । निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएको प्रहरी कर्मचारीको परिवार, नाबालक भाइ वा अविवाहिता दिदी बहिनीलाई सात वर्ष पुगेपछि निवृत्तिभरण प्राप्त हुने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तिभरण पाउने व्यक्ति नाबालक रहेछ भने निजले अठार वर्षको उमेर नभएसम्म त्यस्तो निवृत्तिभरण पाउनेछ ।
(३) प्रहरी कर्मचारीको विधुर पति वा विधवा पत्नीले निजको पति वा पत्नी सेवामा छँदै वा निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा उपनियम (१) बमोजिम पारिवारिक निवृत्तिभरण पाउने भएमा सो निवृत्तिभरण पाउने अवधि भुक्तान भएको मितिदेखि र त्यस्तो निवृत्तिभरण नपाउने भएमा वा निजको पति वा पत्नीले निवृत्तिभरण पाउन थालेको सात वर्ष व्यतित भई सकेपछि मृत्यु भएकोमा निजको मृत्यु भएको मितिदेखि जीवनभर निजले पाउने निवृत्तिभरणको आधा रकम पाउनेछ ।
(४) बहालवाला समान पदका प्रहरी कर्मचारीको तलब वृद्धि हुदा तलबको सुरु अड्ढमा जति वृद्धि भएको छ त्यसको दुई तिहाई रकम पारिवारिक निवृत्तिभरणमा पनि थप गरिनेछ ।
तर समान पदको प्रहरी कर्मचारी सेवामा नरहेमा नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीको तलबको शुरु अड्ढमा जति बृद्धि भएको छ त्यसको दुई तिहाई रकम पारिवारिक निवृत्तभरणमा थप गरिनेछ ।
(५) कुनै प्रहरी कर्मचारीको यस नियम बमोजिम पाउने कुनै रकम लिन नपाउ“दै मृत्यु भएमा सो रकम निजको परिवारको सदस्यहरुमध्ये यस नियमावली बमोजिम निजको उपदान वा निवृत्तिभरण पाउने ठहरिएको व्यक्तिले लिन पाउनेछ ।
(६) उपदान वा निवृत्तिभरण दिंदा मृत प्रहरी कर्मचारीले आफ्नो परिवारका सदस्य मध्ये नाबालक भाइ वा अविवाहिता दिदी बहिनी कसैलाई इच्छाएको रहेछ भने सो व्यक्तिलाई र कुनै कारणले सो व्यक्तिले उपदान वा निवृत्तिभरण पाउन नसक्ने भएमा वा कसैलाई पनि इच्छाएको रहेनछ भने सो प्रहरी कर्मचारीको परिवारको सदस्यमध्ये नेपाल सरकारले उचित ठहयाएको व्यक्तिलाई दिइनेछ ।